देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापाको बिर्तामोडमा तनाव बढेपछि सेना परिचालन गर्न रक्षाको अनुमती

देशान्तर

काठमाडौं । झापाको बिर्तामोडमा स्थानीय र प्रहरीबीच भएको झडपमा एकको मृत्यु भएको छ । प्रर्दशनकारी हिंसात्मक रुपमा उत्रिएपछि झापा जिल्ला प्रसाशन कार्यलयले रक्षामन्त्रालयसंग सेना परिचालनका लागि अनुमति मोगेको छ ।

झापाको जिल्ला सुरक्षा समितिको बैठकले तनावग्रस्त बनेको झापाको विर्तामोड क्षेत्रमा सेना परिचालन गर्न रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरेको हो ।

शुक्रबार आन्दोलनकारीहरुले गरेको बन्द आह्वानका क्रममा तनाव बढ्दै गएपछि बसेको समितिको बैठकले सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमती लिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

उनले कर्फ्यू आदेश जारी भएपछि स्वतः सेना सडकमा आउने भन्दै बैधानिक रुपमा सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरिएको बताए ।

दिउँसैदेखि स्थितीलाई साम्य पार्नको लागि प्रयास गरेपनि त्यो सम्भव नभएकोले सेना परिचालन गर्नु पर्ने स्थिती सिर्जना भएको उनले बताए ।

स्थिति नियन्त्रण बाहिर गएपछि झापा प्रशासन कार्यलयले सेनापरिचालनका लागि मागेको अनुमती रक्षा मन्त्राललयले दिएको बताईएको छ ।

अर्जुनधारा नगरपालिकाका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई तत्काल कारबाहीको माग राख्दै र्यालीमा उत्रिएका स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागी एकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवालका अनुसार मृत्यु हुने झापा चारपानेका नरेश थापा हुन् । बिर्तामोडमा शुक्रबार दिउँसो १ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागेको छ ।

स्थानीयले बिर्तामोडको मुक्तिचोकमा निकालेको र्याली हिंसात्मक बनेपछि कफ्र्यु लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

मुक्तिचोक पूर्व बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको तिवारीले बताए ।

बिरोध जुलुसमा सहभागीले प्रहरीमाथि ढुङ्गा, इँटा, सिसा, बोत्तल प्रहार गरेका छन् भने प्रहरीले ६ दर्जन अश्रु ग्यास र २ दर्जन हवाइ फायर गरेको छ ।

ढुङ्गा प्रहारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन, पूर्वसांसद प्रेम गिरीको मोटरसाइकल र दमकका निर्माण व्यवसायी राजकुमार थापाको हाइलक्स गाडी माथि क्षति पुगेको छ ।