काठमाडौं । नेपालका बाढीपीडितका लागि पाकिस्तानले १० लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाभेदले बिहीबार १० लाख अमेरिकी डलरको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका छन् ।
बालुवाटार पुगेर राजदूत जाभेदले प्रधानमन्त्रीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । गएको वर्षामा बाढीपहिरो जाँदा पीडित भएकाको पुनस्र्थापना तथा घर पुनर्निर्माणका लागि त्यतिवेलै पाकिस्तानले १० लाख डलर सहायता घोषणा गरेको थियो । प्रधानमन्त्री देउवाले सहयोग प्रति पाकिस्तान सरकारलाई धन्यवाद दिएको पाकिस्तानी दूतावासले जनाएको छ ।
प्रतिक्रिया