देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरी मन्त्रालय बाँडफाँडः कार्कीलाई परराष्ट्र र बस्नेतलाई गृहको जिम्मेवारी

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । माओवादी मन्त्रीहरुलाई विना विभागीय मन्त्री बनाएसँगै देउवाले खाली भएका मुख्य मन्त्रालयहरु गृह र परराष्ट्रको जिम्मा कांग्रेस मन्त्रीहरुलाई नै दिएका छन् ।

देउवाले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालयको समेतको जिम्मेवारी दिएका छन् भने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको पनि जिम्मा दिएका छन् ।

माओवादीले सम्हालेका अरु मन्त्रालय देउवाले यस अघि नै राप्रपाका मन्त्रीहरुलाई सुम्पिएका थिए ।

कमल थापालाई उपप्रधानसहित ऊर्जा, दीलनाथ गिरीलाई सहरी विकास, विक्रम थापालाई महिला तथा बालबालिका र जयन्त चन्दलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका थिए ।