देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहमन्त्रीको भनाई गलत र भ्रामक होः निर्वाचन आयोग

देशान्तर

काठमाडौँ । निर्वाचन आयोगले माओबादी केन्द्रका नेता तथा गृहमन्त्री जर्नादन शर्माले निर्वाचन आयोगले निर्वाचन सार्ने सूचना दिएपछि पार्टीले सरकार नछाड्ने निर्णय गरेको भनि दिएको अभिव्यक्ति गलत र भ्रामक भएको बताएको छ ।

 

आयोगले निर्वाचन सार्ने बिषयमा प्रधानमन्त्रीले आगोगलाई नभनेको र तयारी जाडो गर्न पटक पटक ताकेता गर्दै आएको बताएको छ ।
आयोगले समानुपातिक र प्रत्यक्ष तर्फका उमेद्वारहरुको टुंगो लगाउन दलहरुलाई समस्या भएपचि सरकारले तोकिएको पहिलो मितिमा तलमाथि गर्न भन्छ कि भन्ने आयोगले शंका गरेपनि प्रभानमन्त्रीले मिति सार्ने बिषयमा कहिल्यै कुरा नगरेको बताएको छ ।

 

गृह मन्त्री जनार्दन शर्माले सरकारबाट हट्ने तयारी निर्वाचन आयोगबाट प्राप्त सूचनाका आधारमा स्थगित भएको घोषणा गरेको प्रति आयोगको आपत्ति रहेको आयोगका प्रवक्तलाई नवराज ढकालले बताएका छन ।
समानुपातिक तर्फको बन्द सूची दलहरुले बुझाई सकेको आवस्था अब कुनै पनि हालतमा चुनवाको मिति नसर्ने दाबी गर्दै प्रबक्ता ढकालले जिम्मेवार दलको नेता र गृहमन्त्री जस्तो पदमा रहेको व्यक्तिले यस्तो गलत कुरा गरेर आयोगको अपमान गरेको बताए ।

 

उनले अहिलेसम्म निर्वाचन सार्ने विषयमा आयोगमा कुनै छलफल समेत नभएको बताए । तर, मगलवार आज दिउँसो मन्त्री शर्माले पत्रकार सम्मेलन गरी सरकारको निर्वाचन सार्ने तयारीबारे निर्वाचन आयोगबाट सूचना आएको भन्दै त्यही कारण सरकारबाट नहट्ने घोषणा गरेका थिए ।
प्रबक्ता ढकालले निर्वाचन आयोगका कुनै आयुक्त र कर्मचारीले चुनवा सार्ने बारे कुनैपनि सूचना नदिएको दाबी गरे ।