देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजपाका सर्लाही जिल्ला सचिव र सदस्य कांग्रेसमा प्रवेश

देशान्तर

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलिरहेको छ । यसैबीच आज राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सर्लाही जिल्ला समितिका सचिव लालबाबु राय र जिल्ला समिति सदस्य सुभद्रा देवी महतो नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

राय र महतो दुबैलाई नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरेका थिए । बाम ध्रुविकरणलाई परास्त गर्दै लोकतन्त्र रक्षा कांग्रेसले मात्रै गर्न सक्ने भएकाले कांग्रेसलाई बलियो बनाउन राजपा परित्याग गरेको रायले बताए । निधिले राय र महतो दुबैलाई आसन्न प्रनिनिधि र प्रदेशसभा चुनावमा केन्द्रित हुन निर्देशन दिदै पार्टीमा उचित भूमिका दिने आश्वासन दिए ।