देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकिकरणको घोषणा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा एक समारोहका बीच दुबै पार्टी एक भएको घोषणा भएको हो ।

पार्टी एक भएको घोषणा भएपनि नेताहरुको पदिय बाँडफाँड र जिम्मेवारी भने घोषणा हुन बाँकि छ ।

बालुवाटारमा नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै फोरम अध्यक्ष विजयकुमार गच्छदारले नेपालमा प्रजातान्त्रिक शक्तिहरु एकठाँउमा उभिन आवस्यक भएको बताए ।

गच्छदारले २०६४ माघ १८ गते बालुवाटारबाटै नेपाली कांग्रेस पार्टी छाडेको स्मरण गर्दै समयको माग अनुसार आफुले कांग्रेस छाडेको र समयले मागेपछि कांग्रेमा फर्किएको बताए ।

सम्बोधन गर्दागर्दै भावुक भएका गच्छदारले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेस नेताहरुलाई आगामी निर्वाचनमा पनि कांग्रेस पहिलो पार्टी बन्ने कुरामा आस्वस्त हुन आग्रह गरे ।

एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गच्छदारले हात मिलाउँदा दुवैको हात मिलाइदिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित भएका थिए ।

गच्छदारले लोकतन्त्र जोगाउन निशर्त एकीकरण गरिएको दावी गर्दै कम्युनिस्टहरुले हठात् एकीकरण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र समाजवाद ल्याउने प्रयास गरेको बताए ।

उनले वाम गठबन्धन लोकतन्त्र सिध्याउने खेलभएको र लोकतान्त्रिक फोरम कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा लागेको उल्लेख गर्दै कम्युनिस्टहरुलाई दुई तिहाई हैन, बहुमत पनि ल्याउन नदिने दाबी गरे ।