काठमाडौं । नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण हुने भएको छ । सो विषयमा आन विहान ११ः३० वजे प्रधानमन्त्री निवास बालुवाटारमा घोषणा कार्यक्रम गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
लामो समय देखिको छलफलपछि फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित हुन लागेको हो । यस अघि उपसभापति मागेको भएपनि कुरा नमिलेर एकता प्रकृया पछि परेको थियो ।
बाम एकता भइसकेपछि कांग्रेसले पनि लोकतान्त्रिक मोर्चा बनाउने प्रयास गरिरहेको बेलामा फोरम लोकतान्त्रिकले कांग्रेसमा नै एकीकरण गर्न लागेको हो ।
प्रतिक्रिया