देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानद्धारा बाढी प्रभावितका लागि १० लाख अमेरिकी डलर सहयोग

देशान्तर

काठमाडौं। पाकिस्तान सरकारले हालैको बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

काठमाडौं स्थित पाकिस्तानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा बाढीपीडितको सहयोगका लागि सो सहयोग प्रदान गरिएको जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभाको क्रममा संयुक्त राज्य अमेरिकामा भेटवार्ता गर्नुहुँदा बाढीबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका थिए ।

विज्ञप्तिमा दुई देशका सरकार र जनताका बीच सुमधुर र मैत्री सम्बन्ध रहेको र जस्तोसुकै कठिनाइको अवस्थामा पनि एकापसमा सहयोग र सदभाव रहिरहने उल्लेख गरिएको छ ।