काठमाडौं । आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देवी कुमारी भुजेललाई पक्राउ गरेको छ । स्याङ्जा फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगरपालिका–१४ चाउथे बस्दै आएकी भुजेलविरुद्ध आफन्त र छिमेकीले ५० करोडभन्दा बढी ठगी गरेको भन्दै उजुरी दिएका थिए ।
कास्की प्रहरीले काठमाडौं प्रहरीसँग सहयोग लिएर बिहिबार साँझ देवी र उनका पति लक्ष्मणलाई डेराबाट पक्राउ गरेको थियो । शुक्रबार दम्पत्तिलाई नै पोखरा ल्याई अनुसन्धान थालेको प्रवक्ता खत्रीले जानकारी दिए । आरोपित देवीले पोखरामा जग्गाको कारोबार गर्थिन् ।
उनका पति लक्ष्मण थापा भने भारतीय सेनाका पेन्सनर हुन् । (नयाँ पत्रिका दैनिक)
प्रतिक्रिया