देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुटिनको जन्मदिनमा विरोध प्रदर्शन

देशान्तर

बीबीसी । रुसभरका ८० शहरमा भएका विरोध प्रदर्शनक्रममा विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थकहरु गिरफ्तार भएका छन्।

नभाल्नीलाई सन २०१८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने प्रदर्शनकारीको माग छ। मुख्य विरोध केन्द्र सेन्ट पीटर्सबर्र्गमा झडपहरु भएका र दर्जनौं गिरफ्तार भएको बताइएको छ।

र्याली राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका दिन भएको छ। मस्को र सेन्ट पीटर्सबर्ग लगायत धेरै ठाउँका र्यालीहरु अनुमति नलिइकन भएका छन् । विपक्षी नेता नभाल्नी भने सार्वजनिक बैठकहरु आयोजना गर्दा मान्नुपर्ने नियम पटक पटक उल्लंघन गरेको आरोपमा बीस दिने जेल सजाय काटिरहेका छन्।

रुसका निर्वाचन अधिकारीहरुले नभाल्नीको अर्को निलम्बित जेल सजायका कारण उनी मार्च महिनामा हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताउँछन्। पछिल्ला महिनाहरुमा नभाल्नीले रुसभर यात्रा गरेर चुनावी अभियान चलाउँदै आएका छन्। नभाल्नीले शनिबार पुटिनको गृह नगर सेन्ट पीटर्सबर्गमा हुने र्यालीलाई संबोधन गर्ने कार्यक्रम थियो।

रुसको दोश्रो शहर सेन्ट पीटर्सबर्गको प्रदर्शनीमा करिब ३००० सहभागी रहेको र धेरैले “नभाल्नी २०१८” लेखिएका ब्यानर बोकेका थिए।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर हुन भनेपनि प्रदर्शनकारीको भीडमा नछिरेको बताइएको छ । क्रेमलिनतर्फ लागेका केही प्रदर्शनकारीलाई प्रहरीले रोकेका थिए।