देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले आज साँझ सम्ममा सिट बाँडफाँडलाई टुंग्याउने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले आज बेलुकासम्म गठबन्धनमा रहने दलसँग चुनावी सिट संख्याको बाँडफाँड टुंग्याउने भएको छ ।

गठबन्धनमा रहने निर्णय गरेका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, लोकतान्त्रिक फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग शनिबार दिनभरि छलफल गरी प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि सिटको बाँडफाँड टुंगो लगाउने तयारी रहेको नेताहरुले बताएका छन् ।

यसका लागि कार्यदलले शनिवार बिहानै देखि छलफल गरिरहेको छ । अहिलेसम्म चुनावमा गठबन्धन बनाएर जाने सहमति भएपनि कसले कति सिट पाउने भन्ने तय हुन सकेको छैन ।

काग्रेस लगायत ६ दल सम्मिलित लोकतान्त्रिक गठबन्धनको कार्य दलले आगामी निर्वाचनका उम्मेदवार चयन र भागबण्डा मिलाउन बिहिबार देखिनै छलफल थालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा सक्रवार बसेको कार्यदल बैठकले कार्यदलको संयोजकमा कांग्रेस नेता बिमलेन्द्र निधिलाई तोकेको छ ।

संविधान संशोधनका बिषयमा समेत कार्यदलमा छलफलमा भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी गठबन्धन र पार्टी एकताका लागि सहमति भएपछि कांग्रेसको नेतृत्वमा ६ दलले पनि आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन कार्यदल बनाएका हुन् ।