देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्र एमालेमा विलय : ओली

देशान्तर

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन) ले नेकपा माओवादी केन्द्र एमालेमा विलय भएको बताएका छन् । उनले एमाले माओवादी केन्द्र र नयाँ शक्तिका बीचमा भएको तालमेलले सच्चा कम्युनिष्टहरुलाई फाइदा पुगेको बताए । रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले विदेशीको इसारामा भएको गठवन्ध सफल नहुने तर्क गरे । ‘तिन दलको गठवन्धनले सच्चा कम्युनिष्ट विचार धारा बोकेका पार्टीहरुलाई एक हुन मद्दत गरेको छ’ उनले भने । उनले परिवर्तनकारी शक्तिहरु एक भएर विशाल पार्टी निर्माणमा लाग्ने बताए ।

ओलीले मोहनविक्रम नेतृत्वको नेकपा मसाल र मोहन वैघ नेतृत्वको माओवादी सँग पार्टी एकता लागि छलफल चलिरहेको बताए । एमाले माओवादी केन्द्र पटक–पटक सत्तामा जाँदा पनि नागरिकको पक्षमा काम गर्न नसेकाले यि पार्टीहरुले कम्युनिष्ट पार्टीको रुपमा चिनाउन खोज्नु लाजमर्दो कुरा भएको बताए । उनले यो मुलुकको दीर्घकालिन शक्ति कांग्रेस नै भएको भन्दै सबै कांग्रेसका पछि पछि हिड्न वाध्य हुने बताए । ‘अहिले वामपन्थी एक जुट भएर भनेर कांग्रेस आत्तिनुपर्दैन उनले भने, ‘यि पार्टीहरुको एकता दीर्घकालिन रुपमा टिक्दैन ।’ उनले एकिकृत जनक्रान्तिको माध्यमबाट राज्यसत्ता सञ्चालन गर्ने आफूहरुको योजनालाई सफल तुल्याएरै छाड्ने बताए ।

उनले दशवर्षे जनयुद्धले वर्जुवा गणतन्त्र ल्याउने बाहेकका अन्य उपलव्धी हासिल गर्न नसकेको बताउँदै आफ्नो पार्टीले अन्य उपलव्र्धी हासिल गर्ने कार्यमा लागेको बताए । मंसिरमा हुने निर्वाचनमा नेकपाले भाग नलिने उनले बताए । कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य तथा लुम्विनी इन्चार्ज चन्द्रबहादुर चन्द बिरजङ्ग, केन्द्रीय सदस्य टेकबहादुर बोलपाखीको आतिथ्यता रहेको थियो । कार्यक्रम रिपोर्टर्स क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, अर्जुन भुसालको स्वागत मन्तव्य र सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।