देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतान्त्रिक गठबन्धनमा रहेका ६ दलको औपचारिक छलफल सुरु

देशान्तर

काठमाडौँ । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनाउने निर्णय गरेका ६ दलले बिहिबारदेखि थप छलफल अघि बढाउने बताइएको छ । कार्यदलमा बस्ने सदस्यको नाम टुंगो लगाएर अहिले केही बेरमा कार्यदलको बैठक बस्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

हिजो बसेको ६ दलको बैठकले कांगेसबाट दुईजना र अरु दलबाट एक एकजना गरी सात सदस्यीय कार्यदल बनाउने सहमति गरेपनि कार्यदलको सदस्यको नाम टुंगो लागेको छैन । नाम टुंग्याएर थप रणनीति बनाउने विषयमा छलफल थालिने कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।

गठबन्धनको टुंगो लागिसकेपछि सरकार पुनर्गठनका बारेमा पनि छलफल गर्ने तयारी रहेको दलहरुले बताएका छन् । कांग्रेसको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकले लोकतान्त्रिक गठबन्धन बनाएर आउँदो मंसिरमा हुने चुनावमा जाने निर्णय गरेका हुन् ।