काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको छ ।
एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरे लगतै कांग्रेसले पनि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको हो ।
बुधवार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले अब लोकतान्त्रिक गठवन्धन बनाउनेको विकल्प नभएको धारणा राखेका छन् ।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्न ध्रुविकरण नहोस् भन्ने चाहदा चाहदैं पनि अब लोकतान्त्रिक गठवन्धन अपरिहार्य भएको ठहर गरेको छ ।
लोकतान्त्रिक गठबन्धनका लागि राष्ट्रिय जनता पार्टी नेपाल सहितका अन्य दलहरुसँग छलफल गर्ने कांग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिएकाछन ।
प्रतिक्रिया