देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई समुदायका बीचमा विवाद बढेपछि बर्दियामा अनिश्चितकालीन कर्फ्यु 

देशान्तर

बर्दिया  । जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप हुँदा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नुपरेको थियो। झडपमा पाँचजना सामान्य घाइते भएका थिए। सो घटनापछि दुई पक्षबीच पुनः झडप हुन सक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कर्फ्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

उनका अनुसार स्थिति साम्य नभएसम्म कर्फ्यु आदेश जारी रहनेछ। दुवै पक्षबीच वार्ताको प्रयास भइरहेको पनि प्रजिअ भट्टराईले जानकारी दिए।