काठमाडौं । मन्त्रीपरिषद बैठकमा मिष्टेकले बिरामीको ज्यान गएमा सम्बन्धीत चिकित्सकबाट क्षतिपूर्ती तिराउन गरि कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि आन्दोलनमा उत्रेको नेपाल चिकित्सक संघ र सरकारका बीच सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा संघ र सरकारी पक्षबीच बालुवाटारमा भएको वार्तामा सहमति भएको हो।
सहमतिसँगै आन्दोलनरत चिकित्सक संघले अस्पताल बन्द लगायत बिरोधका कार्यक्रम फिर्ता लिएको संघका पूर्व अध्यक्ष डा केदारनरसिंह केसीले बताए। उनका अनुसार सहमति पत्रमा सरकारका तर्फबाट स्वास्थ्य सचिव डा किरण रेग्मी र संघका तर्फबानट अध्यक्ष डा मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सरकार पक्षले डाक्टर तथा अस्पताल विरुद्ध आक्रमण र दुव्र्यवहार गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति जनाएको हो। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ र नियमावली २०६९ संशोधन गरी कडा सजाय गर्ने समहमति भएको हो। यदि डाक्टरको लापरवाही पुष्टि भए कारबाहीका लागि संघले पनि सहयोग गर्ने सहमति समेत भएको छ।
प्रतिक्रिया