काठमाडौं । नेपाली कांग्रेस सवै स्थानीय तह निर्वाचनको मतपरिणाम सकिदा पपुलर मतमा पहिलो पार्टी बन्ने निश्चित भएको छ । संविधानसभामा पहिलो दल भएको नेपाली कांग्रेस पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा सिट संख्यामा मात्र नभएर पपुलर मतमा समेत पछाडि परेको थियो ।
प्रदेश २ को मत गणना अन्तिम चरणमा भएको अवस्थामा एक सय ३६ स्थानीय तहमध्ये अहिलेसम्म कांग्रेसले ३९ स्थानमा जित्दै चार लाख १३ हजार मत पाएको छ । एमालेले १८ स्थान जित्दै तीन लाख आठ हजार मत पाएको छ । मतगणना भइरहेका वीरगञ्ज महानगर, कलैया उपमहानगर र राजविराजको मत निर्वाचन आयोगले उपलव्ध गराएको यो तथ्याङमा समेटिको छैन । तेस्रो चरणको निर्वाचनका तीन तहको मतगणना बाँकी रहदा नै कांग्रेसले एक लाख ५ हजार बढि मत पाएको छ । पहिलो र दोश्रो चरणको निर्वाचनमा कांग्रेसभन्दा एमाले कुल ४२ हजार ४ सय ६१ मतले अग्रस्थानमा रहेको थियो ।
पहिलो र दोस्रो निर्वाचनमा भने तहको संख्याका आधारमा मात्र होइन पपुलर मतका आधारमा पनि एमाले पहिलो दल बनेको थियो । यसअघिका दुई चरणका निर्वाचनमा कुल मतमध्ये एमालेले २६ लाख ९८ हजार ७ सय ३६, नेपाली कांग्रसले २६ लाख ५६ हजार २ सय ७५ र माओवादी केन्द्रले १२ लाख ७५ हजार ३५ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया