काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनमा एमालेसंग तालमेलको रणनिति ल्याउने भएको छ ।
उसले एमालेले राखेको प्रस्ताब अनुसार एउटै चुनाब चिन्हमा पनि जाने नजाने बिषयमा छलफल गरिरहेको छ ।
कांग्रेस,एमाले दुवैबाट चुनाव तालमेलका लागि प्रस्ताव आएपनि कोहीसँग तालमेल नगरी आफैं पहिलो दल बन्ने रणनीतिअनुसार अगाडी बढ्ने बताउदै आएको माओबादी कांग्रेस भन्दा एमालेसंग कार्यगत एकता मिल्ने भन्दै छलफल अघि बढाएको हो ।
‘हामी जता मिल्छौं, उत्तै बहुमत पुग्ने देखिएपछि हामीसँग तालमेल गर्न सकिने प्रस्ताव आएकाले माओवादी केन्द्र एक्लै चुनाबमा जाने निर्णयमा पुगेको सचिवालय सदस्य चक्रपाणि खनाले देशान्तरलाई बताए ।
उनले माओवादीलाई अलमल्याउने र कसैसँग पनि तालमेल हुन नदिई आफैं पहिलो दल बन्ने रणनीतिसाथ आउने भएकाले माओबादी तालमेलका रणनीतिमा नफसी आफ्नै तयारीमा अघिबढ्ने बताए । ’
उनले माओवादीभित्र चुनावी तालमेलदेखि गठबन्धन निर्माणसम्म दुई थरी धारणा रहेको पनि बताए ।
एकथरी नेता अहिलेकै गठबन्धन अनुसार कांग्रेससँगै तालमेलको योजना बनाउनुपर्नेमा छन् भने अर्काथरी वामगठबन्धन बनाएर जानुपर्ने पक्ष्ँमा देखिएको खनालको भनाई छ ।
उनले एमालेको पछिल्लो केन्द्रीय समितिमा कांग्रेस–माओवादी गठबन्धन तोडेर वामगठबन्धनको प्रयास एमालेले प्रश्न उठाएपछि एमाले–माओवादीमा यसको बहस सुरु भएको बताए ।
खनालका अनुसार माओवादीका केही नेता एमाले अध्यक्ष ओलीको माओवादीलाई गर्ने व्यवहार र कार्यशैलीका कारण एमालेसँग भन्दा कांग्रेससँगकै गठबन्धन निरन्तरताको पक्षमा देखिएका छन् ।
एमालेसँग गठबन्धन हुँदै नभएको होइन, हामीले गरेकै हौं तर गठबन्धन तोड्ने काम माओवादीले गरेको होइन, एमालेले भएका सहमति कार्यान्वयन नगरी माओवादीलाई प्रयोग मात्र गर्न खोज्दा भत्किएको पनि खनालले बताए ।
खनालले कांग्रेसमा केन्द्रबाट भएको निर्णय तल्ला कमिटीमा लागू नै नहुने समस्या रहेको भन्दै एमालेसँगको माओवादी सम्बन्ध कांग्रेससँगको गठबन्धनभन्दा कार्यान्वयनमा लैजान सजिलो बताए ।
उनले एमालेसँगको गठबन्धन सापेक्षित रूपमा कांग्रेससँग भन्दा सजिलो, कार्यकर्तालाई भोट हाल्न पनि खुसीसाथ जान सक्ने वातावरण निर्माण गर्न सक्ने बताए ।
उनले एमाले नेता वामदेव गौतमले यो बीचमा एमाले–माओवादीबीच एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जानेसम्मका प्रस्ताव राखेको बताए ।
उनले चुनावी तालमेल कार्यनीतिक प्रश्न मात्र भएकाले दुवै पक्षले सहमति कार्यान्वयन गर्ने सर्तमा आवश्यकताका आधारमा कांग्रेस–एमालेदलसँग हुन सक्ने भएपनि तत्काल भने माओवादी आफ्नै तयारीमा लाग्ने बताए ।
प्रतिक्रिया