गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे माझी र दलित बस्तीमा एक–एक घर उपहार दिने घोषणा गरेका छन् । सदरमुकाम तम्घासमा जिल्लाका सरकारी कार्यालयका प्रमुखसँगको बैठकमा नेता भण्डारीले यस्तो घोषणा गरेको हो ।
गुल्मी क्षेत्र नं २ का सांसदसमेत रहेका नेता भण्डारीले सीमान्तकृत बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, वामीटक्सार, मुसिकोट लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीको यो दशैँको उपहारस्वरुप घर निर्माणको कार्य थालनी गरिएको बताए ।
उनले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप ३०० घर निर्माणको कार्य अगाडि बढेको जानकारी दिए ।
नेता भण्डारीले अहिलेको बडादशैँ बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायसँग बसेर मनाउने बताए ।
प्रतिक्रिया