दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वहारा वर्गको पार्टी भन्ने कम्युनिष्ट पार्टीहरुले पैसाको खोलो बगाएर चुनाव जित्ने गरेको आरोप लगाउनुभएको छ । तनहुँको बन्दीपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसलाई धनीमानिको पार्टी भन्ने आरोप लगाउने तर चुनावमा करोडौको खोलो बगाएर चुनाव जित्ने कसरी सर्वहारा हुन सक्छन भनि प्रश्न गर्नुभयो । नेता पौडेलले कांग्रेस किसानको पार्टी र श्रमिकको साथ भएको बताउनुभयो ।
नेता पौडेलले कम्युनिष्टहरुले मान्छेको टाउको काटेर क्रान्ति गरेको उल्लेख गदै कांग्रेसले क्रान्तिको सुरुवात हलो जोतेर मजदुर आन्दोलन गरेर सुरु गरेको बताउनुभयो । पौडेलले कांग्रेस कुनै व्यक्तीलाई सम्पन्न बनाउन नभई सवै नेपालीलाई सम्पन्न बनाउने अभियानमा हिडेको उल्लेख गर्नुभयो । उहाँले कांग्रेस सवै नेपालीलाई सम्मानित भएर बाँच्न पाउने अधिकारका लागि लडेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले प्रदेशसभा र प्रतिनीधिसभाको निर्वाचनमा सवैलाई मिलाएर कांग्रेसले बहुमत ल्याउने दाबि गर्नुभयो । पौडेलले भन्नुभयो–‘हामी सवैलाई मिलाएर अब बहुमत ल्याउने बाटोमा छौ । तपाईहरु पनि स्थानीय निर्वाचनका तितामिठा सवै कुरा बिर्सेर आगामी निर्वाचनका लागि जुट्नुस ।’
प्रतिक्रिया