देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सञ्चारमैत्री वातावरण निर्माणमा सरकार जुटेको छः सञ्चारमन्त्री बस्नेत

देशान्तर

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा शरक्रबार यहाँ आयोजित कार्यक्रममा उनले सञ्चार क्षेत्रको विकास भए मात्र मुलुकको विकास र समृद्धि हुने बताए ।

मन्त्री बस्नेतले सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिस धनी बनेका छन् र धेरै देशले विकास र समृद्धि गरेको भन्दै सूचना प्रविधिको क्षेत्रलाई देशभर विस्तार गर्ने गृहकार्यमा सरकार जुटिरहेको बताए । कात्तिक मसान्तभित्र देशका हरेक कुनाकाप्चामा टेलिफोन सेवा पु¥याउने गरी काम भइरहेको भन्दै राष्ट्रिय आमसञ्चार प्रतिष्ठान निर्माण, न्यूनतम पारिश्रमिक कार्यान्वयन लगायतका आधारभूत कुरालाई लागू गर्नेमा सरकार गम्भीर भएर कार्य गरिरहेको बताए ।

उनले फोटो पत्रकारिताका नाममा पत्रकारले लाखौँ रुपैयाँ खर्च गरेर क्यामरा किने पनि क्यामरा र मान्छेको बीमा नहुँदा समस्या परेको बताउँदै मन्त्रालयलाई उक्त कुरामा विशेष ध्यान दिन आग्रह गरे । प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताए । समूहका अध्यक्ष धुव्र आले, पूर्वअध्यक्ष कवीन्द्रमान शाक्य, राष्ट्रिय पर्यटन पत्रकार सङ्घका अध्यक्ष शिव अधिकारी लगायतले फोटो पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

विसं २०५३ मा स्थापना भएको समूहमा हाल ३१ जिल्लाका ४०० भन्दा बढी फोटो पत्रकार आबद्ध रहेको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिए । कार्यक्रममा विभिन्न विद्यामा फोटो पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै पाँचजना फोटो पत्रकारलाई सम्मान गरिएको थियो ।