देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्षीरेश्वरनाथ नगरपालिका धनुषामा कांंग्रेस विजयी

देशान्तर

महेन्द्रनगर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । दुवै पदमा काँग्रेसले दुई हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

प्रमुखमा योगेन्द्र पञ्जियारले पाँच हजार ५९९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका सुखदेव यादवले तीन हजार १०५ मत प्राप्त गरे । उपप्रमुख पदमा नेपाली काँग्रेसका रचना माथेमा विजय भएका हुन ।

उपप्रमुख पदमा रचना माथेमाले पाँच हजार ७०१ मत प्राप्त गरी विजयीभएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यशोदा यादवले तीन हजार २८९ मत प्राप्त गरे।

क्षिरेश्वरनाथ नपाको वडा नं १, ३, ४, ५, ६, ८ र ९ मा कांग्रेसको प्यानल, वडा नं २ मा एमालेको प्यानल र वडा नं ७ मा अध्यक्षसहित चार पदमा एमाले र एक सदस्य काँग्रेस विजयी भएको छ भने वडा नं १० मा स्वतन्त्रको पंखा छापबाट राम पदारथ यादव वडाध्यक्षमा विजयी भए ।

धनुषाका १८ स्थानीय तहमध्ये सात तहको परिणाम सार्वजनिक हुँदा काँग्रेस चार तहमा विजयी भएको छ ।