देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई नम्बर प्रदेशको समिक्षा गर्न आजै बोलायो एमालेले स्थायी कमिटीको बैठक

देशान्तर

काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएको छ । आज बिहिवार अपरान्ह बस्ने बैठकमा २ नम्बर प्रदेशको चुनावको समीक्षा र आउने प्रदेश र प्रतिनिधिसभाको उमेद्वार छनोटका बिषयमा छलफल हुनेछ ।

दुई नम्बर प्रदेशमा एमालेले सोचेभन्दा निकै कम परिणाम आउन थालेपछि एमालेले स्थायी कमिटिको बैठक बोलाएको हो । प्रदेश र प्रतिनिधि सभामा उमेद्वार चयण्नका बिषयमा छलफलगर्न एमालेले एक साता अघिनै सुक्रवारदेखि शुरु हुनगरीे केन्द्रीय कमिटी बैठकको बोलाएको थियो ।

दुई नम्बर प्रदेशका अधिकांश स्थानीय तहमा मतगणना चलिरहँदा एमालेले प्रारम्भिक चरणमा कांग्रेसलाई पछ्याउँदैछ । तर, अग्रतामा एमाले भन्दा अन्य दलहरु अगाडि रहेका छन् । जित्ने अपेक्षा गरेको कतिपय स्थानीय तहमा समेत एमालेका उम्मेदवार पराजित भएका छन् ।

उम्मेदवारी चयनमा धेरै ठाउँमा संस्थापन पक्षले एकलौटी गर्दा परिणाम सन्तोषजनक नआएको माधव नेपाल पक्षको ठहर छ । आजको बैठकमा बरिष्ठ नेता नेपाल स्वयंले यो विषय उठाउने भएका छन ।

माधव नेपालकै गृहजिल्ला रौतहटमा समेत जित्ने निश्चित रहेको चन्दू्रपुर नगरपालिकामा दुई व्यक्तिलाई टिकट दिँदा अन्तिममा संस्थापन पक्षका उद्धव रेग्मीलाई आधिकारिक घोषणा गरियो । त्यसको असर अहिले मतगणनाका क्रममा देखिएको छ ।

चन्द्रपुरको गणना जारी रहँदा एमालेका मेयरले उपमेयर वडाध्यक्षको भन्दा हरेक वडामा कम मत पाएका छन् । उम्मेवारीमा असन्तुष्टिकै कारण एमाले कार्यकर्ताले नै उनलाई भोट नदिएको पाइएको छ ।

धनुषा, सिरहा र महोत्तरीमा पनि टिकट वितरणमा पक्षपात भएकाले परिणाम सोचेजस्तो नआएको एमाले जनाएको छ ।

एमालेको आज बस्ने बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार चयनको मापदण्ड बनाउने र भावी प्रधानमन्त्री तथा मुख्यमन्त्रीका उम्मेदवारका बिषयमा मुल छलफल हुनेछ ।