काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्तिसँग कुनै पनि हालतमा कार्यगत एकता नहुने बताएका छन ।
गोरखा क्षेत्र नम्वर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइ उठ्ने चर्चा चलिरहेको बेला दाहालले गोरखामा नयाँशक्तिसंग चुनावमा तालमेल नहुने बताएका हुन ।
कार्यकर्ता प्रशिक्षणका लागी आज गोरखा पुगेका दाहालले प्रेस सेन्टर नेपालको आयोजनामा भएको पत्रकार सम्मेलनमा केन्द्रले भट्टराईसंग तालमेल नगर्ने र उनले नै छाडे धन्यवाद दिने बताए ।
दाहालले बाबुराम भट्टराइको नयाँशक्ति पार्टी, मोहन वैद्यको क्रान्तिकारी माओवादी र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकताको उठाउँदा सबै भागेको आरोप लगाए ।
संघीय चुनावमा आफु चितवनबाटै लड्ने इच्छा रहेको पनि दाहालले दोर्होयाएका छन । उनले चुनाव अघि सरकार परिवर्तन हुनै नसक्ने भन्दै संविधान कार्यान्वयनको कुरा नटुंगिए सम्म कांग्रेससंगको सहकार्य नटुटे पनि बताए ।
प्रतिक्रिया