काठमाडौं । कर्मचारी अभावमा दोलखाका बासिन्दाले स्थानिय तहवाट काम लिन सास्ती पाउन थालेका छन् । स्थानीय तह निर्वाचनपछि सिंहदरवारको अधिकार गाउँमा भने पनि सरकारले पर्याप्त कर्मचारी नपठाउँदा स्थानीयले उल्टै दुःख पाएका हुन् ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा ७४ वडा छन् । तीमध्ये ४५ वडा सचिवविहिन वनेका छन् । सचिव नहुँदा स्थानीयवासीले समस्या बेहोर्नुपरेको छ भने जनप्रतिनिधिले पनि सोचेजस्तो काम गर्न नपाएको गुनासो गरेका छन् ।
तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले सदरमुकाममा रहेका जलुससहित आएर तालावन्दी गरी स्थानिय तहको अनुमतिबिना काम गर्न नदिने चेतावनी दिएका छन् । एक गाउँपालिकामा आठ जनाको दरबन्दी रहेपनि दुईदेखि चार कर्मचारी मात्र छन् । तामाकोसीका कार्यकारी अधिकृत दीपेश कट्टेलले आठजनाको दरवन्दीमा दुई कर्मचारी रहेको सुनाउँदै सवै काम आफुले गरिहेको वताए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले केन्द्रवाट कर्मचारी नखटाएका कारण समस्या भएको वताए । आचारसंहिताका कारण अझै केही ढिलो हुन सक्ने उनको भनाई छ ।
वडामा सचिव नभएपछि नागरिकका नियमित काम गर्न समस्या भएको विगु गाउँपालिका अध्यक्ष युधिष्टिर खड्काले वताए । यस्तै नौँ वडा रहेको गौरिशंकर गाउँपालिकामा पाँचना मात्र वडा सचिव हुदा काम गर्न समस्या भएको अध्यक्ष स्वयमवहादुर खड्काले वताए । उनले भर्ने जनाताले हामीलाई जिताएको पनि तीन महिनाभन्दा बढी भईसक्यो तर हामीले तिनै जनताको काम गर्नका लागि कर्मचारी नै छैनन्m कसरी काम गर्ने ? अन्नपूर्ण पोष्ट
प्रतिक्रिया