देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सवै एक भएर संविधान कार्यान्वयनमा अघि बढ्न पौडेलको आग्रह

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान दिवस २०७४ का अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी वहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गरेका छन् ।

संविधानसभाबाट पहिलोपटक जारी भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानप्रदत्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता लगायतका उपलब्धिलाई संस्थागत गर्दै उत्साहजनक रुपमा भैरहेको स्थानीय तहको निर्वाचन साथै प्रदेश र संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गरी संविधान कार्यान्वयनमा हामी सबै एक भएर अघि बढन संविधान दिवसले प्रेरणा दिने वरिष्ठ नेता रामचन्द्र पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘संविधानको पूर्ण र सफल कार्यान्वयनसँगै मुलुकमा राजनीतिक संक्रमणको अन्त भई आर्थिक, सामाजिक रुपमा समृद्ध नयाँ नेपाल निर्माणको मार्ग प्रशस्त हुनेछ र यसैबाट आपसी सहिष्णुता, सहमति र सहयोगको भावन अभिवृद्धि हुँदै राष्ट्रिय एकताको भावना पनि मजबुत हुनेछ,’ वरिष्ठ नेता पौडेलले भनेका छन् ।