काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट बर्खास्त गरेको छ । निर्देशक खड्कालाई आज बसेको मन्त्रीपरिषदको बैठकले बर्खास्त गरेको हो ।
खड्कालाई आयल निगमको भण्डारण क्षमता बढाउन बिभिन्न जिल्लामा खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिबेदनका आधारमा बर्खास्त गरिएको हो ।
आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रस्तावमा खड्कालाई मन्त्रिपरिषद्ले बर्खास्त गरेको हो ।
खड्कालाई काममा असहयोग गरेको तथा निगममा अनियमितता गरेको आरोपमा बर्खास्त गरिएको सरकारका प्रबक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबाहादुर बस्नेतले जानकारी दिए ।
खड्का २०७१ सालमा सुनिल बहादुर थापा आपूर्तिमन्त्री हुँदा निगमको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।
खड्कालाई कारबाही गर्न विभिन्न संसदीय समितिले सरकारलाई सिफारिस गरेका थिए ।
प्रतिक्रिया