देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुन शीर्ष नेताले कहाँबाट मतदान गरे

देशान्तर

काठमाडौं । स्थानीय तहको चुनाव अन्तर्गत २ नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ । मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ । मतदानको सबै तयारी पूरा भएकाले मतदान गर्न निर्वाचन आयोग आह्वान गरेको छ । २ नम्बर प्रदेशको चुनावमा धेरै शीर्ष नेताहरुले पनि भाग लिँदै छन् । प्रथम राष्ट्रपति डा रामबरण यादवले भने मतदान नगर्ने भएका छन् । उनको गृहजिल्ला धनुषा हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७ बजे मतदान गरेका छन् । उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गरेका हुन् । सो केन्द्रमा सर्वप्रथम उनले मतदान गरे । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गरेका छन् । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिराहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गरेकी छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीले धनुषाको नगराइन नगरपालिका–२ को राजेश्वर उमावि केन्द्रबाट मत खसालेका छन् । नेपाली कांग्रेसका नेता आनन्द ढुंगानाले धनुषाधाम नगरपालिका–१ को गोविन्दुर केन्द्रबाट भोट खसालेका छन् । ल्दै छन् । कांग्रेस नेता तथा श्रम मन्त्री फरमुल्ला मन्सुरले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर उच्च माविबाट मतदान गरेका छन् ।

माओवादी केन्द्रका नेता तथा स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेललेले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट मतदान गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गर्दैछन् ।  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले सर्लाही बलरा नगरपालिकाबाट मतदान गर्दैछन् । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर नगरपालिका–२, जनता उमावि केन्द्रबाट मतदान गरेका छन् । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रौतहटको दुर्भाभगवती गाउँपालिका अन्तर्गत संस्कृत उमाविबाट मतदान गरेका छन् । राष्ट्रिय जनता पार्टीका अर्का नेता महेन्द्रराय यादवले सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थिति रामजानकी मन्द्रिर मतदान केन्द्रबाट मतदान गरेका छन् । माओवादी केन्द्रका नेता एवम् शहकारी विकासमन्त्री प्रभु शाहले रौतहटको मौलापुर नगरपालिका–५ को मौतापुर केन्द्रबाट भोट खसाल्दैछन् । राष्ट्रिय जनता पार्टीका नेता शरदसिंह भण्डरीले महोत्तरी औरही नगरपालिका, औरही माविबाट मतदान गर्दैछन् ।