काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर छलीमा मुख्य आरोपी बनाएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा सिलिण्डर बम भेटिएको छ ।
आइतबार राति शर्माको बुढानीलण्ठस्थित घरमा बम राखिएको हो । महानगरीय प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका २ मा रहेको शर्माको घरको गेटमा २ वटा सिलिन्डरमा अलकत्रा हालेर अज्ञात समूहले आगो लगाएको थियो । १०–१२ जनाको समूहमा रहेका ती व्यक्ति आगो लगाएर भागेको महानगरीय प्रहरीले जनाएको छ ।
राति करिब सवा एक बजे सो घटना भएको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरीले आगो निभाएको थियो । घटनामा कुनै क्षति भने भएको छैन । काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बम राख्ने व्यक्ति र समूहको पहिचान भइनसकेको जानकारी दिए । घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया