काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शनिवार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम तया भएको छ ।
देउवाले आउँदो शनिवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो दिन देउवाले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई भेट्ने कार्यक्रम पनि तयभएको छ ।
महासभा बैठकका क्रममा प्रधानमन्त्री देउवाले बिहीवार अफगान राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री शहिद खाकान अब्बासीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्नेछन् ।
महासभामा भाग लिन उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महारा आज आइतबार नै न्यूयोर्क गइसकेका छन् ।
प्रतिक्रिया