देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियताको सन्दर्भमा २ नंं प्रदेशको निर्वाचन

देशान्तर

कृष्णचन्द्र नेपाली
हिजोआज आमसञ्चार माध्यमहरू र नेपाली राजनीतिमा चासो राख्ने आम नेपालीहरूमात्र होइन देश बाहिरका नेपाली दिदीबहिनी, दाजुभाइ तथा अन्य शुभचिन्तक विदेशी मित्रहरूको पनि आगामी असोज २ गते २ नम्बर प्रदेशमा सम्पन्न हुने तेस्रो चरणको स्थानीय निर्वाचनतर्फ ध्यान केन्द्रित भएको पाइन्छ । विश्वको लोकतान्त्रिक संघर्षको इतिहासमा आफ्नै मौलिक विशेषता रहेको नेपालको लोकतान्त्रिक संघर्षको इतिहास र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एक्काईसौं शताब्दीको विश्व राजनीतिमा नेपालीहरूले गौरव गर्ने सबैभन्दा ठूलो उपलब्धि रहेको कुरामा दुई मत छैन । नेपाली कांग्रेसको नेतृत्वमा दोस्रो संविधानसभामार्फत नेपाली जनताले प्राप्त गरेको ऐतिहासिक उपलब्धि संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको कार्यान्वयनको सन्दर्भमा २ नम्बर प्रदेशमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको आफ्नै किसिमको महत्व रहेको कुरा यो निर्वाचनलाई विभिन्न राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएकोबाट प्रष्ट हुन आउ“छ ।

योभन्दा पहिले सम्पन्न स्थानीय तहको दुई चरणको निर्वाचनमा नेकपा एमाले खासगरी अध्यक्ष केपी शर्मा ओलीले मधेस आन्दोलन र मधेसी जनतालाई भारतपरस्त, भारतबाट सञ्चालित आन्दोलनको रूपमा चित्रण गरे । चारबु“दे संशोधनमार्फत मधेस आन्दोलनलाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउने नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका राजनीतिक दलहरूको प्रयत्नलाई अपव्याख्या ओलीले गरे । उनले यसलाई राष्ट्रियतास“ग जोडेर संविधान संशोधन भनेको राष्ट्रघात हो, भारतस“गको झुकाइ हो भन्ने भ्रम छरे । उनले छरेको अन्धराष्ट्रबादको नाराले पहाडी मानसिकतालाई छोएकै परिणाम पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा एमाले पहिलो दलको रूपमा उपस्थित भएको कुरामा दुई मत छैन । यस परिप्रेक्ष्यमा हेर्दा जुन प्रदेशका जनतालाई अधिकार सम्पन्न बनाउन खोजिएको हो त्यही प्रदेशका जनताको हातमा संविधान संशोधन प्रस्ताव राष्ट्रवादी हो या एमालेको व्याख्या अनुरूपको राष्ट्रघाती ? मधेस र पहाडको बीचमा सद्भाव बढाउन राष्ट्रघात हो या राष्ट्रवाद हो ? अल्पसंख्यक तथा पछाडि परेका समुदायलाई मूलधारमा ल्याउनु राष्ट्रघात हो या राष्ट्रवाद हो ? मधेसी जनता, जसले लोकतन्त्रको पक्षमा ठूलो योगदान दिएका छन्, लाई मूलधारमा ल्याउनु राष्ट्रघात हो या राष्ट्रवाद हो ? भन्ने कुराको एक प्रकारको जनमतसंग्रहकै रूपमा २ नम्बर प्रदेशमा अन्तिम चरणको स्थानीय चुनाव हुन गइरहेको छ ।

आज मधेसको जनताको हातमा फैसला गर्ने अधिकार आएको छ । सबै नेपालीहरूले नेपाल हाम्रो हो, वर्तमान नेपालको संविधानमा संशोधन गरेर यसलाई मधेस मैत्री बनाउ“दै लैजाने वा संविधान संशोधन भनेको राष्ट्रघात हो भन्ने एमालेको नारालाई स्वीकार्ने ? मधेसका जनताले निर्णय गर्नुपरेको छ । राष्ट्रियतालाई निश्चित भाषा, भेषभूषा, संस्कृति वा परम्पराअन्तर्गत व्याख्या गर्दै पञ्चायतकालीन राष्ट्रवादको परिभाषामा परिणत गर्न खोज्ने प्रवृत्तिका पक्षमा जाने वा बहुलवादमा आधारित वर्तमान नेपालको संविधानले स्वीकारेअनुसार नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिकको रूपमा संरक्षित गर्दै लैजाने ? मधेस आन्दोलनको समयमा लाखौं मधेसी जनताले हातेसाङ्लो बनाएर मेची महाकालीसम्म गरेको जनप्रदर्शनलाई ‘माखे साङ्लो’को संज्ञा दिने, समथल भूभाग मिलाउने हो भने के यूपी बिहारमा मिलाउने ? भन्ने जस्ता शब्दावलीहरू प्रयोग गरेर केपी ओलीले गरेका सार्वजनिक अभिव्यक्तिहरू मधेसी जनताले भुलेका छैनन् । हुन त राजपाले आम मधेसीका बीचमा नेपाली कांग्रेसलाई पनि एमालेकै हाराहारीमा राखेर मधेसप्रति असहिष्णु रहेको भन्दै व्याख्या गर्दै आफूमात्र मधेसको मसिहा भएको भन्ने नाराका साथ जनतामा गएको अवस्था छ । राजपाले हिजो दोस्रो चरणको निर्वाचनमा नै अहिलेकै विधि अपनाएर संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गरी आएको परिणामलाई स्वीकार्ने गरेको भए उनीहरूलाई अहिले जनताले प्रतिप्रश्नको सामना गर्नुपर्ने थिएन । त्यही पनि कांग्रेस माओवादीको सल्लाहलाई स्वीकारेर संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ नपुगे पनि अत्यधिक सांसदहरूले प्रस्तावको पक्षमा मतदान गरेर संविधान संशोधन आजको राष्ट्रिय आवश्यकता हो भन्ने कुरा प्रमाणित गरेर जनताको बीचमा जानु लोकतान्त्रिक अभ्यास भएको कुरामा दुई मत छैन ।

माथि उल्लेख गरेअनुसार संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितको लागि ल्याइएको हो । मधेसी जनताहरू संविधान संशोधनकै पक्षमा छन् भन्ने कुरामा दुई मत छैन । भोलि संविधान संशोधन प्रस्ताव पक्षधर दलहरूको पक्षमा व्यक्त अभिमतबाट त्यो देखिने नै छ तापनि लोकतान्त्रिक विधिअनुसार स्थानीय निकायहरूमा संविधान संशोधन पक्षधर पार्टीहरूका बीचमा मत विभाजन भएर एमाले आयो भने वास्तवमा एउटा नैतिक प्रश्न उपस्थित हुनेछ । यी कुराहरूलाई मध्यनजर गरेर संशोधन पक्षधर दलहरूले आपसमा तालमेल गरी जानुपर्ने थियो । कुन पार्टीको कति प्रमुख, उपप्रमुख आयो भन्नुभन्दा पनि जनमत कुन पक्षमा छ भन्ने कुरा महत्वपूर्ण हुने महसुस गरेर कांग्रेस र माओवादी केन्द्रले आपसमा तालमेल गरेता पनि केही ठाउ“माबाहेक अन्यत्र सफल हुन सकेन । जे जसो भन्दाभन्दै पनि राजमार्गतिर कांग्रेस–एमालेबीच प्रतिस्पर्धा छ भने दक्षिणतिर कांग्रेस राजपाकै बीचमा प्रतिस्पर्धा हुने कुरामा दुई मत छैन । यस अवस्थामा उत्तर दक्षिण दुवैतिर तालमेल गरेर जान सकेको भए त्यसले राम्रो परिणाम दिन सक्दथ्यो तर त्यो हुन सकेन ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालालगायतका केन्द्रीय नेताहरू मधेसी जनताको घरदैलोमा पुगेर मत मागेको अवस्था कांग्रेसले जनतालाई बुझाउनु परेको छ । मधेस नेपाली कांग्रेसको आधार क्षेत्र हो । मधेसी जनताले नेपाली कांग्रेसको झन्डामुनि रहेर लामो संघर्ष गरेका छन् । बीपी कोइरालाको नेतृत्वमा सम्पन्न २००७ सालको क्रान्तिको बिगुल पनि मधेसबाट नै फुकिएको थियो । २ नम्बर प्रदेशअन्तर्गतको एकमात्र महानगरपालिका वीरगन्जबाट त्यो बिगुल फुकिएको थियो । २००७ सालको पहिलोसहित थीरबम मल्लले यही ऐतिहासिक नगरी वीरगन्जमा नै सहादत प्राप्त गरेका थिए । २००७ सालको क्रान्तिमा पहिलो सहिद दिने ऐतिहासिक नगरी वीरगन्जबाट बजेको क्रान्ति बिगुलले मधेस, पहाड र हिमालका नेपालीहरूलाई ब्यु“झाएकै कारण २००७ को क्रान्ति सफल भएको थियो । त्यस्तै संविधान कार्यान्वयनको सन्दर्भमा आएको संविधान संशोधनको पक्षमा रहेका नेपाली कांग्रेसको पक्षमा मधेसका जनताले ऐक्यबद्धता जनाउनेछन् भन्ने कुरामा शंका गर्ने ठाउ“ छैन ।

हुन त नेपाली कांग्रेसले योभन्दा अघिका दुई चरणका निर्वाचनमा टिकट वितरण गर्दा धेरै कमी कमजोरी ग¥यो । टिकट वितरणमा हाम्रो नभनी कुन राम्रो मान्छेलाई टिकट दिएको भए वा पार्टीभित्रका आन्तरिक सन्तुलनलाई मध्यनजर गरेर टिकट वितरण गरिएको भए एमाले पहिलो हुने थिएन । त्यसैले पछिल्लो टिकट वितरणमा भएका कमीकमजोरीलाई सच्याएर टिकट दिनुपर्छ वा दिइन्छ भन्ने आशा र विश्वास बोकेको २ नम्बर प्रदेशका कांग्रेसीजनहरूमा पुनः निराशा छायो भन्ने कुराहरू सञ्चारमाध्यमहरूमा नआएका होइनन् । तर नेताहरूले गरेका कमी कमजोरीलाई सच्याउने स्थानीय तहका बीपी कोइरालाका नाम जपेर बस्ने कांग्रेस कार्यकर्ताहरू माथि थप जिम्मेवारी आएको छ । त्यो के हो भने टिकट प्राप्त उम्मेदवारहरूलाई इमानदारीपूर्वक सहयोग गर्ने, मधेस, नागरिकको समान अधिकार, वर्तमान संविधानको कार्यान्वयनको सन्दर्भमा एक प्रकारको जनमतसंग्रह जस्तो परिस्थिति निर्माण भएको यस अवस्थामा आम कांग्रेस कार्यकर्ताहरू सबै कुरा बिर्सिएर कांग्रेसको पक्षमा मत माग्न एकमात्र विकल्प रहेको छ । यी गहन जिम्मेवारीहरूलाई हृदयंगम गरी कांग्रेसका कार्यकर्ताहरू एकताबद्ध रहेर आफ्नो पार्टीको पक्षमा मत माग्दै हि“डेको खण्डमा कांग्रेसलाई पहिलो नम्बरमा आउन कसैले रोक्न सक्दैन ।

यस पटक २ नम्बर प्रदेशमा हुन गइरहेका निर्वाचन स्थानीय विकासस“ग मात्र सम्बन्धित नभई राष्ट्रिय रूपमा नेपाललाई कता लैजाने भन्ने प्रश्नको उत्तरमा समेत केन्द्रित छ । कांग्रेस वर्तमान संविधानमा समयसापेक्ष संशोधन गरेर मधेसी, जनजाति, आदिवासी सबैलाई सगै लिएर हि“ड्न चाहन्छ । आज अमुक नगरपालिकामा अमुक मान्छे आउ“छ आउ“दैन भन्दा पनि परिवर्तनको पक्षमा संविधान संशोधनको पक्षमा संविधानलाई सर्व स्वीकार्य बनाएर लैजाने पक्षमा नेपाली कांग्रेस छ भन्ने कुरा जनमतमार्फत देखाउनु परेको छ ।

निर्वाचनको अन्तिम समय आएको हुनाले स्थानीय तहका नेताहरूले परिस्थितिको मूल्यांकन गरेर यदि हामीलाई माओवादी केन्द्रले सहयोग गर्दा हामी आउ“छौ भने त्यहा“ माओवादी केन्द्रका साथीहरूले सहयोग गर्ने, जहा“ हाम्रो सामान्य सहयोगबाट माओवादी केन्द्र आउने अवस्था छ भने कांग्रेसले सहयोग गरेमा परिणाम हाम्रो पक्षमा हुन सक्ने देखिन्छ । किनभने धेरै ठाउ“मा हामी १००, १५० मतले हार्ने सम्भावना हुन्छ । त्यस्तोमा माओवादी केन्द्रले पनि तत्काल समझदारी गरेमा वा त्यही परिस्थितिमा कांग्रेसका नेता कार्याकर्ताहरूले समझदारी गरेमा एमालेको पक्षमा जानबाट रोक्न सकिने अवस्था आउने कुरामा ध्यान दिन जरुरी छ ।

सहिदहरू थीरबम मल्ल, दुर्गानन्द झा, कामेश्वर कुशेश्वरसहित तेजबहादुर अमात्यमात्र होइन रामेश्वरप्रसाद सिंह, रामनारायण मिश्र, महेश्वरप्रसाद सिंह, शेख इद्रिस, महेन्द्रनारायण निधि, भागवद यादव, सरोजप्रसाद कोइराला, रामहरि जोशी, रामनन्द तिवारी, भागवत दुवेजस्ता मधेसका हस्तीहरूको पार्टी नेपाली कांग्रेस जनताको घरदैलोमा गएर संविधान संशोधनमार्फत वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाएर बीपीको सपनालाई साकार पार्न सम्पूर्ण कोइराला परिवारलगायत सिंगो कांग्रेस एक ढिक्का भएर जनताको घरदैलोमा गएको अवस्थामा कांग्रेसलाई पहिलो बन्न कसैले रोक्न सक्दैन ।
(लेखक नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् । सं.)