काठमाडौं । आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न संसदको सुशासन तथा अनुगमन समितिले आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको गर्दै पत्रचार गरेको हो ।
आपूर्ति मन्त्रालयकै छानविनले पनि अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ । सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानविन प्रक्रिया टुंगो नपुगेसम्म निगम प्रमुख खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशन दिएको छ ।
तर, खड्काले अहिले पनि निगमको कार्यकारी निर्देशकको हैसियतमा काम गरिरहेका छन् । आयल निगमको जग्गा खरिदमा कम्तीमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको पुष्टि भएपछि निगमको प्रमुख भएको हैसियतले स्वभाविक रुपमा खड्का कारबाहीको भागेदार बनेका हुन् ।
प्रतिक्रिया