देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले निर्बाचन आचार संहिता उलंघन गरेको छैनः महरा

देशान्तर

काठमाण्डौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्बाचन आचार संहिता उलंघन नगरेको बबताएका छन् । भरतपुरमा आज सञ्चारकर्मिहरु संग कुराकानी गर्दै उनले चुनाबि आचार संहितालाई ध्यानमा राखेरनै सरकारले काम गरेको बताए ।

उपप्रधानमन्त्री महराले निर्वाचन आयोगको आचार संहिता बेगर सरकारले कुनै काम गरेको छैन भन्दै आचार संहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने बताए । सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणि भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वभाबिक भएको भन्दै उनले स्वच्छ प्रतिशप्रर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरीनु नहुने प्रष्ट पारे ।