काठमाडौं । दुई नम्बर प्रदेशको स्थानीय चुनावको मौन अवधि सुरु हुनुअघि प्रमुख दलका शिर्ष नेताहरुले आज बिभिन्न ठाउमा आयोजना हुने चुनाबी सभालाई सम्बोधन गर्ने भएका छन ।
उम्मेदवारी दर्तापछि सबैजसो दलका केन्द्रीय नेता पालौपालो तराई झरेर मत मागिरहेका छन् । अन्तिमपटक मत माग्न आज सबै प्रमुख दलका शीर्ष नेता विभिन्न जिल्लामा हुने सभामा सहभागी हुँदै छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आज वीरगन्ज महानगर र बाराको कलैयामा सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले हिजो रौतहट र सर्लाहीमा सम्बोधन गरेका थिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सिरहालगायत जिल्लाका सभामा सम्बोधन सहभागी भईरहेका छन । प्रदेश २ को चुनावी सभाका लागि एमाले अध्यक्ष केपी ओली पनि आज तराई जाँदैछन । माधवकुमार नेपाल, ईश्वर पोखरेललगायत नेता यसअघिदेखि नै खटिए पनि ओली पछि मात्र तराई जान लागेका हुन ।
ओलीले आज बाराको जितपुर सिमरा उपमहानगरपालिका र बर्दिबास नगरपालिकाका कार्यक्रममा सम्बोधन गर्ने तय भएको एमालेले जनाएको छ । वरिष्ठ नेता झलनाथ खनालले बाराका नगरहरूमा सम्बोधन गर्नेछन भने नेता माधव नेपाल सिरहाको गोलबजारको सभामा सहभागी हुने कार्यक्रम छ ।
झन्डै एक सातादेखि मत माग्दै हिंडिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम चुनावी सभाका रूपमा शुक्रबार सर्लाहीमा हुने तीन सभालाई सम्बोधन गर्नेछन् ।
उनी शुक्रबारै रौतहट र पर्साका एकरएक सभामा पनि भाग लिँदै छन् । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलमा रहेका मुख्य नेताहरू दैनिक प्रचारमा व्यस्त छन् । उनीहरू पनि शुक्रबार ठूला सभा गर्दै छन् । महन्थ ठाकुर सर्लाहीका सभामा हुनेछन् ।
राजेन्द्र महतो सप्तरीका कार्यक्रममा सहभागी हुनेछन् । वीरगन्ज महानगरमा हुने सभा र कार्यक्रममा शरतसिंह भण्डारी खटिएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सिरहाका कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । बिहीबार साँझसम्म वीरगन्ज भेलामा सहभागी यादव शुक्रबार सिरहाका आधा दर्जन कार्यक्रममा सहभागी हुनेछन् ।
प्रतिक्रिया