काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयआर्जनका माध्यामबाट महिला व्यवसायीहरुको उत्थान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् । दक्षिण एशीयाली महिला विकास मंचद्वारा राजधानीमा आयोजित अन्तराष्ट्रिय व्यवसायी महिला शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रवितद्धता व्यक्त गरेका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री देउवाले लैंगिक विभेदको अन्त्य गर्दै दक्षिण एशीयाली महिला व्यवसायीहरुलाई अझै सशक्त बनाउन सार्क राष्ट्रहरुले नीतिगत निर्णय नै गरिसकेको स्मरण पनि गराए । उनले दक्षिण एशीयाली महिला व्यवसायीका समस्या समाधान गर्न नेपालले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
मंगरबर सम्म जारी रहने सम्मेलनमा दक्षिण एशीयाली व्यवसायी महिलाहरुले भोग्दै आएका समस्या समाधानका विषयमा ठोस धारणा तय हुने अपेक्षा गरिएको छ । सम्मेलनमा १७ वटा दक्षिण एशीयाली राष्ट्रका ८० जना भन्दा बढि महिला व्यवसायीहरुको सहभागिता छ ।
प्रतिक्रिया