देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले र मधेशी दल म्याद सकिएका औषधी जस्तै : डा शेखर

देशान्तर

सिराहा । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले एमाले र मधेसी मोर्चा म्याद सकिएका औषधी जस्तै भईसकेकाले यी दलहरूले अब मधेस र मधेसीको हितमा काम गर्न नसक्ने बताउदै छिटो भन्दा छिटो यिनीहरूलाई मधेसबाट बिदा गर्नूपर्ने बताएका छन् ।

डा कोईरालाले एमालेको नक्कली राष्ट्रबाद र मधेसी मोर्चाको उग्रमधेसबादको नाराले तराई–मधेस र पहाडका बिचमा सामाजिक सदभाव बिथोलेर देशलाई जातिय द्धन्द तर्फ लैजान लागेको बताए । उनले एमाले र मधेसी मोर्चाको भ्रमबाट मूक्त हून मधेसी जनतालाई आग्रह गरे ।

नेपाली काँग्रेस सिराहा नगर समितिले सिराहाको सन्हैठामा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै डा कोईरालाले मधेसी जनताको पहिचान,पहूँच र प्रतिनिधित्वको मुद्दालाई नेपाली काँग्रेसले मात्रै मधेसको समस्या समाधान गर्न सक्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय कोषाध्यक्ष सितादेबी यादव लगायतले आफ्नो धारणा राखेकी थिइन् ।