देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसका सवै शीर्ष नेता मधेशमा

देशान्तर

काठमाडौं । प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन नेपाली कांग्रेसका शीर्ष नेताहरु आजदेखि मधेशमा चुनापी अभियान संचालन गर्नका लागि मधेश जाँदैछन् । २ नम्बर प्रदेशको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका दलहरुले प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका हुन् । अझ नेपाली कांग्रेसले आफ्नो इतिहाँसदेखिको आधारभुमीलाई कायम राख्नका लागि सम्पुर्ण शक्ती मधेशमा केन्द्रीत गरेको छ ।

नेपाली काग्रेंसको प्रचार अभियानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाअध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिलगायतका शीर्ष नेताहरु प्रदेश नम्बर २ मा खटिएका छन् । प्रधानमन्त्रीसोत रहनु भएका पार्टीसभापति शेरबहादुर देउवा पनि पार्टीका उम्मेदवारका लागि भोट माग्न मधेशमा जाने तयारी रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पोडेलले जानकारी दिए । प्रधानमन्त्री देउवा मौन समय सुरु भएपछि मात्र काठमाडौं र्फकने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

बरिष्ठ नेता पौडेल आज बिहान वीपी राजमार्ग हुँदै मधेशका चुनावी कार्यक्रममा जाने कार्यक्रम रहेको छ । महामन्त्री डा संशाक कोइराला पनि सोही दिन सिमरा हुँदै मधेशको चुनावी सभामा जाने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला विराटनगर हुँदै सिरहा र सप्तरीको चुनावी दौडाहमा रहेका छन् । उनी सप्तरीका बिभिन्न स्थानीय तहका उम्मेदवारहरुको प्रचारमा जुटेका छन् । शेखर त्यसैगरि नेतृ सुजाता कोइराला हिजो विराटनगर हुँदै मधेशको चुनावी सभामा सहभागि हुने कार्यक्रम रहेको छ । अर्का नेता बिमलेन्द्र नीधि शनिवार नै बर्दिवास हुँदै गृहजिल्ला जनकपुर पुगेका छन् । उनी मधेशका सवै जिल्लाको चुनावी अभियानमा सहभागि हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसका अनुसार २७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ । २८ गते १ बजे धनुषामा र ३ बजे महोत्तरीमा, २९ गते १ बजे सर्लाही र ४ बजे रौतहटमा हुने चुनावी सभालाई नेताहरुले सम्बोधन गर्नेछन् । ३० गते १ बजे बारा र २ बजे पर्सामा चुनावी सभा राखिएको कांग्रेसले जनाएको छ ।