देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आत्महत्या रोकथाम दिवस, विभिन्न सचेतनामूलक कार्यक्रमगरी मनाईयो

देशान्तर

काठमाण्डौँ । आईतबार विश्व आत्महत्या रोकथाम दिवस, विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाईएको छ । प्रत्येक वर्ष १० सेम्टेम्वरमा आत्महत्या रोकथाम दिवस मनाइन्छ । नेपाल सहित विश्वका धेरै देशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि यसको रोकथाममा चुनौती बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । जसमध्ये सरदर ४० सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ । तथ्याङ्क अनुसार विश्वमा गैर कानुनी अपराधबाट भन्दा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ ।

मुख्य गरी मनसिक तनाव, ब्यक्तिगत असफलता, किशोर किशोरीमा बढ्दो निराशा, सामाजिक उत्पिडन, असफल प्रेम सम्वन्ध जस्ता कारणले समाजमा आत्महत्या हुने गरेको विभिन्न अध्ययनहरुको निष्कर्ष छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७२ र ७३ मा चार हजार ६ सय ७३ वटा आत्महत्याका मुद्दा दर्ता भएका छन् ।