नवलपरासी । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताए ।नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश नं २ को निर्वाचन लगत्तै प्रदेशसभा र प्रतिनिधिसभाका लागि कार्यतालिका अनुसार निर्वाचन हुने बताए ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचनपछि देश संघीयतामा गइसकेको छ उनले भने ।
तराईका जिल्लामा आएको बाढी पहिरोको विषयमा मन्त्री बस्नेतले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्ने विपत् व्यवस्थापन ऐन छिट्टै व्यवस्थापिका–संसद्मा प्रवेश गराउने बताए ।
प्रतिक्रिया