एजेन्सी । अमेरिकी महाद्वीपमा रहेको मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ । शुक्रबार गएको ८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
अमेरिकन भूगर्भ विभागका अनुसार भूकम्पकके झट्का दक्षिणी मेक्सिकोमा महसुस गरिएको छ । अमेरिकन भूगर्भ विभागले यसको मापन ८ म्याग्निच्यूडको भएको पुष्टि गरेको छ ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । दक्षिण–पश्चिम मेक्सिकोमा भूकम्पको झट्कापछि मेक्सिसो तटमा जोडिएका ८ वटा देशमा सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी दिइएका देशहरूमा मेक्सिको, ग्वाटेमाला, एल सल्भाडोर, कोस्टारिका, निकारागुवा, पनामा, होन्डुरास र इक्वाडोर रहेका छन्।
प्रतिक्रिया