देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरका शैक्षिक संस्थाले गरे बाढी पीडितलाई नौ लाख सहयोग

देशान्तर

भक्तपुर । तराईका बाढी पीडितलाई भक्तपुरका शैक्षिक संस्थाले आर्थिक सहयोग प्रदान गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) ले आफ्ना सदस्य विद्यालयबाट रु ६ लाख ३० हजार संकलन गरेको छ । सदस्य विद्यालयले भने शिक्षक, अभिभावक र विद्यार्थीबाट बाढीपीडितको सहयोगार्थ भन्दै स्वेच्छिक सहयोग आह्वान गरेको थियो ।

विद्यालयबाट संकलित रकम प्याब्सन केन्द्रीय समितिमार्फत सरकारलाई बुझाउने प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले जानकारी दिए । यता नेशनल प्याब्सनले पनि आफ्ना सदस्य विद्यालयमार्फत एक लाख ३० हजार संकलन गरेको नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जीवी खड्काले जानकारी दिए ।

नेशनल प्याब्सनका सदस्य विद्यालयले पनि शिक्षक, अभिभावक र विद्यार्थीबाट बाढी पीडितको सहयोगार्थ भन्दै स्वेच्छिक सहयोग आह्वान गरेको थियो । यता एभरेस्ट इंगलिस स्कुल मिवाछें भक्तपुरले शिक्षक, विद्यार्थी तथा कर्मचारीबाट संकलन भएको एक लाख एक हजार १११ रुपैयाँ र एभरेस्ट स्काउट इकाइबाट ३० हजार गरी एक लाख ३१ हजार १११ रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएको एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले जानकारी दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिका जगाती भातेढिकुरस्थित मदरल्याण्ड इङलिस स्कुलले बाढी पीडितका लागि ५० हजार रुपैया सहयोग गरेको प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिए ।