काठमाडौं । दुई नम्बर प्रदेशमा असोज दुई गते हुन गइरहेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुदँैछ । प्रदेश नं. दुईका आठ जिल्लाका १३६ स्थानिय तहमा हुन लागेको चुनाबवाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार आज विहान १० बजे देखि ५ वजेसम्म आठ जिल्लामा मनोनयन दर्ता हुनेछ ।
एक सय ३६ वटा स्थानिय तह रहेको प्रदेश नं. २ मा वीरगञ्ज महानगरपालिका, ३ वटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् । महिला दलित, अल्पसंख्यकलाई उम्मेद्वारी शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।
वडा तहमा ४० प्रतिशत महिला उम्मेद्वार हुनुपर्ने अनिवार्य व्यवस्था कानुनमा छ । आयोगले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुईहजार बढी पर्यवेक्षकलाई अनुमति दिएको छ । तेस्रो चरणको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा एक मतदाता शिक्षा कार्यकर्ताका दरले ३ हजार पाँच सय कर्मचारी खटिएका छन् । निर्वाचनका लागि २ हजार १६६ मतदानस्थल, ३ हजार ५७८ मतदान केन्द्र रहनेछन् भने निर्वाचनमा ३१ हजार ५ सय कर्मचारी खटिएका छन् ।
प्रतिक्रिया