काठमाडौं । उपप्रधानमन्त्री एबं परराष्ट्रमन्त्री कृष्णवहादुर महरा ६ दिने औपचारिक भ्रमणका लागि आज चिन जादैँ छन् । मन्त्री महाराले चीनका प्रधानमन्त्री ली खछियाङ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले ग्वान्जाओस्थित नेपाली महावाणिज्य दुतावास कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।
भ्रमणका क्रममा द्धिपक्षीय सम्वन्धका विभिन्न आयामका विषयमा कुराकानी हुनेछ । साथै नेपाल र चीनबीच भएको ओविओआरको फेमवर्क एग्रिमेन्टपछि क्षेत्रगत विषयहरु र रेल्वे कनेक्टिभिटी, तातोपानी अगाएत नाका खोल्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महारासँग परराष्ट्रमन्त्रालयका चीन डेक्स हेर्ने सहसचिव गणेश ढकाल, मन्त्रालयका उपसचिव कुमार राई, महराका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने जानुहुने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया