देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले दुई नम्बर प्रदेशमा १०६ सिट जित्छ: मन्त्री यादव

देशान्तर

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले तराई मधेश कांग्रेसको गढ भएको र कांग्रेसले नै मधेशको विकास पनि गरेको बताए । उनले हजारौं नेता तथा कार्यकर्ता कांग्रेसलाई पहिलो बनाउन आँतुर रहेको भन्दै जनतामा भिजेका र लोकप्रिय पूराना नेताहरुलाई उम्मेद्धवार बनाएको दाबी गरे ।

मन्त्री यादवले कांग्रेसले हुलाकी सडक, खानेपानी, भौतिक पूर्वाधार लगायत विकासका धेरै कामहरु गरेकोले कांग्रेसप्रति जनताको विश्वास रहेको स्पष्ट पारे । उनले १ सय ३६ स्थान मध्ये कांग्रेसले १ सय ६ वा ७ स्थानमा विजयी हाँसिल दाबी गरे ।

उनले राजमार्ग छेउमा कांग्रेसले माओवादी केन्द्रसँग  १० स्थानमा सहकार्य गर्ने निर्णय भएकोले त्यही अनुसार उम्मेद्धवार तय भएको जानकारी दिए । मन्त्री यादवका अनुसार राजमार्ग छेउका सिमराको जीतपुर, सर्लाहीको बाग्मती, लालबन्दी, हरिवन, धनुषाको ढल्केवर, सिरहाको कर्जन्हा, मिर्चैया र गोलबजारमा माओवादी केन्द्रसँग सहकार्य हुने निर्णय भएको बताए ।