देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश सभा र प्रतिनिधि सभा सम्बन्धी विधेयक संसदद्धारा पारित

देशान्तर

काठमाडौं व्यवस्थापिका संसदले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।

व्यवस्थापिका संसदको सोमबार बसेको बैठकले प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ र प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ बहुमतले पारित गरेको हो ।

विधेयक पारित भएसँगै आगामी मंसीर १० र २१ गते दुई चरणमा गर्ने प्रदेश सभा र प्रतिनिधि सभा निर्र्वाचनका लागि कानुनी बाटो खुलेको छ ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक कानुन तत्काल उपलब्ध गराउन सरकारलाई ताकेता गर्दै आएको थियो । सोमबार बसेको संसद बैठकमा गृहमन्त्री जनार्दन शर्माले दुवै विधेयक पेश गरेपछि उत्त प्रस्ताव बहुमतले पारित गरेकोहो ।

दुवै विधेयक सोमबार विहान राज्य व्यवस्था समितिमा पारित भएपछि सरकारले संसदमा निर्णयार्थ पेश गरेको थियो ।