देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यवस्थापिका संसद्को बैठक आज बस्दै

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । आईतवारको लागि बोलाईएको संसद्को बैठक आज ११ वजेको लागि सरेको हो ।

संसद् सचिवालयले शुक्रबार एक सूचना जारी गरी आईतबारका लागि वैठक आव्हान गरेको थियो । आईतवार मुस्लिम धर्मावलम्बीको चाड बकर ईदको अवशरमा सार्वजनिक विदा परेकाले संसद वैठक आजको बोलाईएको हो ।

संसदको आजको बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनका बिषयमा असंतुष्ट राजनीतिक दलहरुले आफ्नो धारणा राख्ने तयारी गरेका छन् । एमाले लगायत मधेश केन्द्रीत दलहरुले आयोग प्रतिवेदन सच्याउन माग गर्दै आएका छन् ।