काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एंव केन्द्रीय सदस्य प्रदीप पौडेलले तराईमा बाढीको समस्या समाधानका लागि बाढि प्रभावित प्राधिकरण गठनको माग गरेका छन् । उनले मधेशको बाढि र डुवान प्राकृतिक विपती नभएको भन्दै हरेक वर्ष बर्षातको समयमा बाढि र डुवान कुर्नुभन्दा द्धिर्घकालिन समस्या समाधानका लागि प्राधिकरण गठनको माग गरेका छन् ।
रेडियो देशान्तर एक सय दशमलव ३ मेगाहर्जको कार्यक्रम देशान्तर संवादमा कुरा गर्दै युवा नेता पौडेलले बाढी पीडितहरुलाई अल्पकालीन तथा दीर्घकालीन राहत पुग्ने गरी तत्काल प्रभावकारी कार्यक्रम शुरु गर्न समेत सरकारसंग माग गरे । उनले चुरे क्षेत्रको अत्याधिक दोहन, तीव्र वन फडानी तथा अव्यवस्थित शहरीकरणका कारण नेपालको अन्न भण्डार तराई क्षेत्र मरभूमिमा परिणत हुने तर्फ सचेत हुनुपर्ने बताए । नेता पौडेलले स्थानीय निकायको चुनावको सन्दर्भमा उनीहरुले कांग्रेसको भोट बैंक मधेश नै भएपनि मधेशको मुद्दामा कांग्रेस गम्भीर हुनुपर्ने बताए ।
नेता पौडेलले भने–‘जुन चुनाव आएपनि पार्टी नेतृत्वले राम्रा भन्दा हाम्रालाई टिकट दिने परिपाटीका कारण तराईमा कांग्रेस कमजोर हुँदै आएको छ । अन्य दलहरुको तुलनामा मधेशमा अझै कांग्रेस नै बलियो रहेको भन्दै उनीहरुले तराईका मुद्दा बुझेका नेताहरुलाई छिट्टै आक्रमक प्रचार प्रसार अभियान सहित मधेशमा संचालन गर्ने तयारी छ । मधेश मुद्दा सम्बोधन गर्नका लागि नेता पौडेलले केहि दिन अगाडि मधेशबाट प्रतिनीधित्व गर्ने बुद्धिजिविहरुसंग छलफल समेत गरेका थिए ।
प्रतिक्रिया