काठमाण्डौँ । गृहमन्त्री जनार्दन शर्माले स्थानीय निकायको तस्रो चरणको चुनावलाई भयरहित वातावरणमा सम्पन्न बनाउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भन्दै जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । जनतामा अहिले निर्वाचनप्रति सत्साह देखिएको बताउँदै यस वर्ष संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकायको काँधमा ठूलो जिम्मेवारी आएको गृहमन्त्री शर्माले बताए ।
जनकपुरमा आज आयोजित २ नम्बर प्रदेश स्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले सुरक्षा निकायको सक्रियताले मात्रै निर्वाचन सम्पन्न हुने बताए । अहिले जनतामा निर्वाचनप्रति उत्साह देखिएको बताउँदै केही ठाउँमा आएको बाढीको कारणले समस्या आएको भएपनि बाटो बनाउने कार्यमा नेपाली सेना परिचालन भएको कारणले गर्दा समस्या नआउने बताए ।
उनले राजपा निर्वाचनमा सहभागिता जनाएपछि निर्वाचनमा सहजता आएको बताए । सुरक्षा गोष्ठीमा आठ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता छ । गोष्ठीमा गृहमन्त्री शर्मा, गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ, निर्वाचन आयुक्त ईला शर्मा, गृहसचिव लोक दर्शन रेग्मी लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ ।
प्रतिक्रिया