पदम कार्की
ओखलढुंगा । चम्पादेवी गाउँपालिकामा स्वच्छ खानेपानीका लागि २० करोड रकम विनियाजन हुने भएको छ । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले चम्पादेवी गाउँपालिकामा खानेपानीको समस्या भएकाले २० करोड रकम विनियोजन गर्ने बताएका हुन् । चम्पादेवि गाउँपालिकाको प्रथम ऐतिहासिक गाउँसभालाई संवोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् । ‘मानिस घर नभए सडकमा सत्न सक्छ तर खानेपानी विन मानिसको जीवन नरहने हुदा पानी भनेको मानिसको जिवन हो’ मन्त्री यादवले भने ।
मन्त्री यादवले तराई पहाडको तुलनामा बढि विकास भएको र अब पहाडमा विकासका योेजनाहरु बढि प्रथामिकतामा पर्ने बताए । लामो राजनितिक सघर्ष पछि घोषणा भएको संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सरकार लागि परेको बताए । स्थानिय सरकारको ६ प्रदेशमा निर्वाचन सम्पन्न भएको र २ नम्बर प्रदेशमा पनि उत्साह र सौहार्द बतावरण निर्वाचन सम्पन्न हुने बताए । स्थानिय सरकारको निर्वाचनमा मतदान गर्ने आम मतादातालाई धन्यवाद दिदै भोट हाल्नु भयो फेरी मन्त्री यादवले प्रदेश र संघको चुनावमा भोट हाल्न तयार हुन आग्रह गरे ।
श्री चम्पादेवि ककनीमा रहेको पानिको मुहानबाट खानेपानि ल्याउने चम्पादेवी गाउँपालिकाका प्रमख नवराज केसीले बताए । चम्पादेवी गाउँपालिकाको कार्यालय उद्यघाटन समारोहमा गाउँपालिका प्रमुख नहुदै उनले ककनीमा रहेकको पानिको मुहानबाट खानेपानी ल्याउने घोषण गरेका थिए ।
चम्पादेवी गाउँपालिकाको सदरमुकाम ताप्केडाँडा रहेको हुँदा ताप्केडाँडालाई सुन्दरपुर डाँडा बनाउने योजना रहेको प्रमुख केसीले बताए । सबैको साथ सबैको विकास, टोलटोलमा सडक घरघरमा धारा, चम्पादेवि गाउँपालिकाका सबै घर उज्याला, सय दिनमा ताप्केडाँडा बनाउने भन्ने मुलनाराका साथ प्रथम ऐतिहासिक गाउँसभा सम्पन्न भएको छ । अध्यक्ष केसीले नमुना गाउँपालिका बनाउने दौडानममा आफुले हिडेको भन्दै १० वटै वडामा जनप्रतिनिधिहरुको साथ र सहयोग आवश्यकता भएकाले सबैले सुन्दर र समृद्ध गाउँपालिका बनाउन सहयोग गर्न आग्रह गरे । प्रथम ऐतिहासिक गाउँसभाले करिब २६ करोड बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सभा सम्पन्न भएको हो ।
कार्यक्रममा खानेपानि तथा सरसफाई मन्त्रि महेन्द्र यादव, सांसद रामहरी खतिवडा, जिल्ला समन्वय समितिका संयोजक जयबहादुर श्रेष्ठ, नेपालि काँग्रेसका सभापति प्रदिप कुमार सुनुवार, काँग्रेस नेता बालकृष्ण दाहाल, नेकपा एमालेका तिर्थ सुवेदी, नेकपा माओवादी केन्द्रका सुरेश थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष जगतप्रसाद लुइटेल, नेपालीका काँगेसका महासमिति सदस्य कमल तामाङ, कुमार लुइटेल पत्रकार, सरकारी तथा ग्रैर सरकारी संस्थाका प्रतिनिधि सरोकारवालाहरुको उल्लेखिय सहभागिता रहेको थियो । सभालाई संवोधन गर्दै खतिवडाले जिल्लाको विकासका लागि अहोरात्र लागि परेको बताए । जिल्लामा रहेका सडकहरुको पिज र स्तर उन्नतिको लागि विभिन्न मन्त्रालय र क्षेत्रहरुमा आफु खटेर लागेको बताए ।
प्रतिक्रिया