काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले प्रदेश नम्बर २ मा एक्लै चुनाव लडेपनि पहिलो पार्टी हुने दाबि गरेका छन ।
शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा नेता महासेठले तालमेल गरेपनि वा एक्लै चुनाव लडेपनि ४५ प्रतिशतभन्दा धेरै सिट एमालेले नै जित्ने बताए । असोज २ गतेको स्थानीय तहको चुनावमा कांग्रेससँग भने आफ्नो पार्टीले तालमेल नगर्ने उनले स्पष्ट पारे । पार्टीले आउने आइतबारसम्म १३६ वटै तहको उम्मेद्धवारको नाम टुँगो लगाउने समेत उनले जानकारी दिए ।
उनले कांग्रेस राष्ट्रिय नभइ क्षेत्रीय दल भएको अरोपसमेत लगाए । मधेशमा एमालेलाई निषेधको राजनीति गर्नेहरु जति नै सलबलाए पनि आफूहरु नतर्सिर्ने महासेठले चेतावनी दिए ।
प्रतिक्रिया